भरतपुर- लायन्स क्लब अफ चितवन कम्युनिटी हेल्प सौराहा र लायन्स क्लब अफ भरतपुर मिड टाउनले वातावरण संरक्षण सम्बन्धि कार्यक्रम गर्दै वृक्षरोपण कार्यक्रम सम्पन्न गरेका छन् ।
लायन्स क्लब अफ चितवन कम्युनिटि हेल्पले दुम्कि बासमा १०० ओटा विभिन्न जातका फलफूलका बिरुवा रोपेको छ भने लायन्स क्लब अफ भरतपुर मिड टाउनले बसेनी स्थित सिद्धिबिनायक बिद्यालयको प्राङ्गणमा ३५ ओटा बिरुवा रोपेको छ।
बिरुवा रोप्ने काम त धेरै भएका छन् तर संरक्षण नहुनाले बर्सेनि रोपेका बिरुवा हुर्कन नसकेको स्थितिमा सबै बिरुवाको मलजल र संरक्षण गरिने लायन्स क्लब अफ चितवन कम्युनिटी हेल्पका अध्यक्ष अजिता अधिकारीले बताइन् ।
बिद्यालय हातामा बृक्ष्यारोपण गरेर स्कुले नानिबाबुहरुलाईअझ यसको महत्व बुझाउन सकिने भएकोले बिद्यालय हाता भित्र बृक्षारोपण गरिएको लायन्स क्लब अफ भरतपुर मिड टाउनका अध्यक्ष राम गुरुङले बताए ।





















