तनहुँ / तनहुँमा वडा वडामा कोरोना बढे सगै स्थानियहरु आतन्ङ्गगित भएका छन् ।
भानु नगरपालिका–१ भन्सार आसपासका २० जना कोरोना संक्रमित शुक्रबार एकैदिन थपिएका छन् । उनीहरुको कन्ट्याक्ट ट्रेसिङबाट स्वाब नमूना संकलन गरी पोखरा पठाइएकोमा संक्रमण पुष्टि भएको हो ।
भानु नगरपालिका–१ का ३४ वर्षीय एक पुरुषमा सोमबार कोरोना पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङबाट १२४ जनाको स्वाब नमूना संकलन गरिएको थियो ।
कन्ट्याक्ट टे«सिङबाट मोटरसाइकल वर्कसप, मासु तथा अन्य पसलहरुको व्यक्तिहरुको स्वाब नमुना संकलन गरिएको थियो । स्वाब संकलन गर्ने क्रममा नै १८ देखि २० जनामा रुघाखोकी तथा ज्वरो आएको थियो । एकै वडाका २० जनामा कोरोना पुष्टि भएपछि भानु नगरपालिकामा समुदायस्तरमा कोरोना फैलिएको पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए ।
भट्टराईका अनुसार एकै वडाका १४ पुरुष र ६ महिला रहेका छन् भने एक ५ वर्षीया बालिका रहेकी छन्। सो ठाउँका २७, ४९, ३९, २८, ५२, २२, ४०, ३४, ४३, ३७, ५०, ४०, २८, ३५ वर्षीय पुरुष र ५, ३१, २८, ३०, ५६ र ३७ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।
कन्ट्याक्ट टेसिङबाट परीक्षण गर्दा नै यसरी एकैसाथ २० जनाको पोजिटिभ आएको छ, यो रिपोर्टले समुदायस्तरमा कोरोना फैलिएको पुष्टि भएको छ, भट्टराईले जानकारी दिए ।
तनहुँमा कोरोनाको बिगबिगी , एकै वडाका २० संक्रमित
तनहुँमा कोरोनाको बिगबिगी , एकै वडाका २० संक्रमित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





















