चितवन – भरतपुर महानगरपालिका मेयर रेनु दाहालले प्रधानमन्त्री केपी शर्मालाई ओलीलाई स्पेन गएर नर्फिएको भन्ने बिषयमा आफ्नो सचिवालयबाट अफवाह फैलिएको भनी लगाएको आरोप पुष्टि गर्न चुनौती दिएकी छिन् ।
फेसबुक स्टाटस लेख्दै मेयर दाहालले आफ्नो सचिवालयबाट सो कुराको कुनै अफवाह नफैलाएको स्पष्ट पार्दै प्रधानमन्त्रीको सचिवालयलाई आरोप पुष्टि गर्न चुनौती दिएकी हुन् ।
आज प्रधानमन्त्री सचिवालयले मेयर दाहालको सचिवालयबाट प्रधानमन्त्रीसंग स्पेन गएकाहरु नफर्किएको भनेर अफवाह फैलाउन सुरु गरेको आरोप लगाएको थियो ।
मेयर रेनु दाहालको स्टाटस
तथ्यहिन समाचार संप्रेषण गरिएकोमा आपत्ति सहित गम्भीर ध्यानाकर्षण भएको छ। मेयर (रेनु दाहाल) को सचिबालय बाट आधिकारिक ढंगले अफबाह फैलाएको पुष्टि गर्न चुनौती दिन चाहन्छु।
बरू PM सचिबालयले सत्य तथ्य बुझेर मात्र समाचार संप्रेषण गर्न अनुरोध गर्दछु।र ब्यक्ति बिशेषका कुरा लिएर अनाबश्यक सचिबालय संग नजोड्न र स्वयम् संबन्धित ब्यक्ति नै जिम्मेवार रहने कुराको समेत ध्यानआकर्षण गर्दछु।





















