काठमाडौं । तीनकुने घटनाका आरोपी रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।
अदालतकी न्यायाधीश तारादेवी महर्जनको एजलासले उनलाई ३ लाख धरौटीमा छाड्न आदेश गरेको हो ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष समेत रहेका मिश्र आज आफैं अदालत उपस्थित भएका थिए ।उनी ३ लाख धरौटीमा छुटेका छन् ।
सोही घटनाका आरोपी राप्रपाकै महामन्त्री शवलशम्शेर राणा सोमबार अदालतमा उपस्थित भएका थिए ।





















