भरतपुर । चितवनको भरतपुर ८ को आयोजना तथा आमा बच्चा स्वास्थ्य नेपालको समन्वय र मनकामना अस्पतालको प्राविधिक सहयोगमा दुईदिने मनोसामाजिक परामर्श तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
आमा बच्चा स्वास्थ्य नेपालकी अध्यक्ष कविता खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर ८ का वडा सदस्य पूर्ण बहादुर रानाभाटको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्नुहुँदै रानाभाटले समाजमा मनोसामाजिक परामर्शको खाँचो भएर नै वडाले यो अभियान अगाडि बढाएको बताउनुभयो ।घर परिवार तथा समाजमा उत्पन्न बिभेद आदिका कारण यस्ता खालका समस्या देखिने हुँदा यसको निराकरणमा वडाको प्रमुख भूमिका रहने उल्लेख गर्नुभयो ।आगामी दिनहरुमा समेत वडाबासी सबैलाई मनोपरामर्श तालीम प्रदान गराउने आफ्नो लक्ष्य रहेको बताउनुभयो ।

त्यस्तै मनकामना अस्पतालका अध्यक्ष ध्रुव प्रसाद काफ्लेले बिरामीको उपचार सेवामा मनकामना अस्पताल सधैं तयारी रहेको बताउनुभयो ।
मानसिक स्वास्थ्य समस्यालाई हल गर्दै त्यस्ता बिरामीहरुको उपचारमा थप सहुलियतपूर्ण व्यवस्था गर्ने बताउनुभयो । अस्पतालले हालसम्म थुप्रै सेवाहरु दिदै आएको जिकिर गर्दै उहाँले सबै किसिमका रोगको उपचारमा केही छुटको प्रबन्ध समेत अस्पतालले मिलाउने प्रतिबद्धता जाहेर गर्नुभयो ।
कार्यक्रममा सहभागीहरुलाई मानसिक समस्या भनेको के हो रु यसको कसरी समाधान गर्न सकिन्छ रु कस्ता खालका लक्षण देखा पर्छन् रु आत्महत्या रोकथाम आदिमा कस्तो भूमिका खेल्न सकिन्छ भन्ने बारेमा नीलु अर्याल र प्रतिमा अर्यालले प्रशिक्षण दिनुभएको थियो ।

त्यस्तै आमा बच्चा स्वास्थ्य नेपालकी अध्यक्ष कविता खतिवडाले समाजमा आत्महत्याको संख्यामा उल्लेख्य वृद्धि भएको जिकिर गर्दै उहाँले यसको निदान भनेकै मनोपरामर्श भएको बताउनुभयो । पारिवारिक रहनसहन, खानपिन, बिलासी जीवनयापन, कलह, बिभेद आदिकै कारण यस्ता समस्या समाजमा सिर्जित हुँदै गएको खतिवडाले तर्क गर्नुभयो ।
मानसिक समस्यामा परेकाहरुको व्यक्तिहरुको उद्घारमा जोड दिन सबैजना मिलेर लाग्नुपर्ने धारणा राख्नुभयो । आम मानिसमा चौबिस सेकेन्ड भित्र आउने खराब सोचका कारण यस्तो समस्या सिर्जित हुने हुँदा उहाँले सकारात्मक सोचको बिकास गर्न सबैमा आह्वान गर्नुभयो ।
आफूमा भएका कमीकमजोरीहरुलाई औल्याउँदै सुधार गर्नुपर्ने बताउनुभयो । मनकामना अस्पतालको सभाहलमा भएको सो प्रशिक्षण कार्यक्रममा झन्डै ३० जना वडाबासीहरुको सहभागीता थियो ।





















