चितवन – नेकपा माओवादी केन्द्र भातृ संगठन योङ्ग कम्युनिष्ट लिग (YCL) नेपालको तेस्रो राष्ट्रिय सम्मेलनबाट चितवनका सन्तोष पनेरु केन्द्रिय उपाध्यक्ष र साजन अधिकारी उपमहासचिवमा सर्वसम्मत चयन भएका छन् ।
पनेरु यसअघि कोषाध्यक्ष र अधिकारी वागमति प्रदेश कमिटीको अध्यक्ष थिए । तेस्रो सम्मेलनबाट केन्द्रिय सचिवालय सदस्यमा किरण धामी, केन्द्रिय सदस्यहरुमा भानु न्यौपाने, रिचा सुनार र निशा राना मगरले चितवनबाट प्रतिनिधित्व गर्नेछन् ।





















