रौतहट । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पतन्जलि प्रकरणमा आफूले कुनै बदमासी नगरेको दाबी गरेका छन् ।
बिहिवार रौतहटमा पत्रकारसँग कुरा गर्दै नेपालले आफूले अहिलेसम्म भ्रष्टाचार नगरेको बताएका हुन् ।
उनले भने, मैले आजसम्म भ्रष्टाचार गरेको छैन , मलाई त्यसबारे जानकारी भएन । पतन्जलिजस्तो संस्थामा त्यस्तो होला भन्ने मैले कल्पना पनि गरेको थिएन ।’
आफूले कुनै अनुचित काम नगरेको र त्यस्तो कामलाई प्रोत्साहन पनि नगरेको समेत बताए । पतञ्जली जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको विषयमा पत्रकारले राखेको जिज्ञासामा उनले भने, ‘अहिलेसम्म के भयो मलाई जानकारीमा छैन । कानुन व्यवसायीसँग परामर्श गर्नुपर्छ ।’





















