काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले सहमहामन्त्री सुमना श्रेष्ठको राजीनामा स्वीकृत गरेको छ । आइतबार बसेको केन्द्रीय समिति बैठकले ४ वैशाखमा श्रेष्ठले सचिवालयमा बुझाएको राजीनामा स्वीकृत गरेको सांसद हरि ढकालले जानकारी दिए ।
यसैगरी बैठकले प्रशिक्षण विभाग प्रमुख अनिल केशरी शाहको राजीनामा पनि स्वीकृत गरेको छ । श्रेष्ठले सांसद पदमा रहेर सशक्त भूमिका निर्वाह गर्ने भनेर र शाहले पार्टीको प्रशिक्षण विभाग र आफ्नो क्षमताको तालमेल नमिलेकाले अर्काे विभागमा रहने भनेर राजीनामा दिएका थिए ।





















