भरतपुर । नेकपा (माओवादी केन्द्र) भरतपुर वडा नम्बर ११ ले आयोजना गरेको अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण कार्यक्रम भरतपुर ११ को निर्भाना रिसोर्टमा आज (शनिबार) सम्पन्न भएको थियो ।
प्रशिक्षण कार्यक्रममा वडा भित्रका २११ जना अगुवा कार्यकर्ताहरु सहभागिता भएको थियो । उक्त प्रशिक्षण कार्यक्रममा बागमती प्रदेश समिति अध्यक्ष कमरेड सरल सहयात्री पौडेल बाट पार्टीको कार्यदिशा र वर्तमानको कार्य भार , बागमती प्रदेश स्कूल विभाग प्रमुख कमरेड गणेश वि.क. ले सङ्गठन र संगठनको अवस्थाको बारेमा प्रशिक्षण दिनु भयो भने पार्टीको सूचना तथा प्रविधि विज्ञ कमरेड भुवन पौडेल बाट पार्टी निर्माणमा सूचना र प्रविधिको प्रयोग बारेमा सचित्र प्रष्ट पार्नु भएको थियो ।
सबै प्रशिक्षार्थी कमरेडहरु थप हौसला र उच्च मनोवल पैदा भएको सहभागी कमरेडहरुको भनाइ प्राप्त भएको नेकपा माओवादी केन्द्र भरतपुर ११ का अध्यक्ष प्रकाश देवकोटा बताउनु भएको थियो । नेकपा (माओवादी के न्द्र) भरतपुर ११ का सचिव राम प्रसाद पराजुली ले प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।























