चितवन – भरतपुरको न्यू होराइजन इङ्लिस स्कुलका प्राचार्य ओमराज मैनाली मृत अवस्थामा पेला परेका छन् । मैनाली देवघाटस्थित नदी जलमापन केन्द्र नजिकै आज साँझ ५ः४० बजे मृत भेटिएका हुन । देवघाट जंगलको ढुंगेधारा ठीक तलपट्टी नारायणी नदी किनारमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको हो ।
तीन दिनदेखि सम्पर्कबिहिन उनको खोजी तीब्र पारिएको थियो । पछिल्लो समय उनि भरतपुर महानगरपालिका वडा नम्वर-२ स्थित न्यू होराइजन इङ्लिस स्कुलमा प्राचार्यमा नियुक्त भएका थिए । मैनालीले केहिदिन अघिमात्रै न्यू होराइजन इङ्लिस स्कुलमा सेवा आरम्भ गरेका थिए । यस अघि मैनाली भरतपुरको विभिन्न सस्थामा काम गर्दै , नारायणी पब्लिक , अर्किट बोडिङ्ग हुदै अंकुरम एकेडेमीमा सहायक प्राचार्यको रुपमा कार्यरत थिए ।
भरतपुर महनगरपालिका वडा नं. ११ भोजाड बस्दै आएका ४५ बर्षका मैनालीका श्रीमती र २ छोरीहरु हुनुहुन्छ ।
उनी ८ गते साँझ करिब ७ः३० बजे घरबाट निस्किएका थिए । राती ८ः३० बजेदेखि उनको मोबाइल अफ भएको थियो भने मोटरसाइकल देवघाटको पुल छेउमा फेला परेको थियो ।
मोटरसाइकलका आधारमा प्रहरीले नारायणी किनार क्षेत्रमा खोजी तीब्र पारेको थियो । शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।





















