काठमाडौं । प्रेस चौतारीको केन्द्रीय अध्यक्षमा गणेश पाण्डे चयन भएका छन् । निबर्तमान अध्यक्ष गणेश बस्नेतले पाण्डेलाइ सर्बसम्मत रूपमा पाण्डेलाइ चयन गरेको घोषणा गरेका हुन् । उनका अनुसार केन्द्रीय कमिटीको उपाध्यक्ष चेतन अधिकारी र कृपा भण्डारी तथा महासचिव हिरामान लामा नै दोहोरिएका छन् ।
महाधिवेशनबाट केन्द्रीय समिति सर्वसम्मत घोषणा गरिएको निबर्तमान अध्यक्ष बस्नेतले जानकारी दिए ।
९९ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरिएकाे छ । निवर्तमान उपाध्यक्ष राजेश राईसहितलाई निर्वाचनमा जान निषेध गर्दै एमालेले चौतारीको नेतृत्व टीके प्रथामा गएर चयन गरेको हो ।





















