चितवन – भरतपुर मेयर्स कप क्रिकेट लिग प्रतियोगितामा अर्किड स्कुल प्रथम भएको छ । भरतपुर महानगरपालिका-१५ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा ६५ दिन सम्म चलेको लिग प्रतियोगितामा अर्किड स्कुल प्रथम भएको हो ।
यस्तै नारायणी नमुना माध्यमिक बिधालय दोस्रो र चितवन माध्यमिक बिधालय तेस्रो भएका छन् ।
प्रतियोगितामा ४७ बटा बिधालयहरुको सहभागिता रहेको थियो। जसमा २१ वटा सामुदायिक र २६ वटा संस्थागत बिधालयबाट खेलाडी बिधार्थीहरू सहभागि भएका थिए ।






















