चितवन । चितवनमा २६ हजार भन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइएको छ ।
जिल्लाका ७ वटै स्थानीय तहका विद्यालयभित्र र विद्यालय बाहिर रहेका २६ हजार चार सय ४८ किशोरीलाई एचपिभी खोप लगाइएको स्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरिक्षक राम केसीले जानकारी दिनुभयो ।
विद्यालयमा रहेका कक्षा ६ देखि कक्षा १० सम्मका किशोरी र विद्यालयबाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीलाई खोप लगाइएको हो ।
चितवनमा ३१ हजार भन्दा बढी किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको थियो ।
यस अगाडि विपी कोइराला क्यान्सर अस्पतालमार्फत केही किशोरीले खोप लगाइसकेका कारणले लक्ष्यको ८४ प्रतिशतलाई मात्रै खोप लगाइएको भेक्टर कन्ट्रोल निरिक्षक राम केसीले बताउनुभयो ।
जिल्लाका चार सय ४६ खोप केन्दबाट खोप लगाइएको थियो । एचपिभी खोप कार्यक्रम माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन भएको हो । ।





















