चितवन। अब भरतपुर अस्पतालमा बिरामीले चाहेकाे डाक्टरसँग चेकजाँच गराउन पाउने भएका छन् । सेवाग्राहीकाे सुबिधाकाे लागि यस्ताे व्यवस्था गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. कृष्णप्रसाद पाैडेलले बताउनुभयो ।
अस्पतालले मँगलबार चिकित्सककाे अपाेइन्टमेन्ट लिने सम्बन्धि सूचना जारीगर्दै आफूले चाहेकाे चिकित्सकसँग परिक्षण गराउन चाहेमा अग्रिम टिकट बुकिङ गर्न सकिने जनाएको छ ।
बुकिङ गर्दा बिरामीको नाम,ठेगाना उमेर लेखेर माेवाइल नम्बर – ९८५५०१९१६० मा मेसिन्जर, एसएमएस पठाउन वा फाेन गर्न सकिने व्यवस्था रहेको जनाएको छ। यस सुबिधाले रेफरल प्रणाली स्थापित गर्न र गुणस्तरीय सेवा प्रदानगर्न सहयाेग पुग्ने अपेक्षा गरिएकाे प्रा.डा. पाैडेलले बताउनुभयो ।






















