काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको लमही नगरपालिका–५ घर भएका २१ वर्षीय रवि सिंह रसैली छन् ।
उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो । एक युवतीसँग सम्बन्ध रहेका बेला जानकारी विना नग्न भिडिओ र फोटो खिची सम्बन्ध बिग्रिएपछि सार्वजनिक गरेको आरोप उनीमाथि रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका ती युवकविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

























