चितवन – चितवन मेडिकल कलेजकी दिवंगत विद्यार्थी सिम्रन थापाको स्मृतिमा फागुन १० गतेदेखि भरतपुरमा ‘सिम्रन स्मृति सिएमसी फुटसल लिग २०८१’ हुने भएको छ । आइतबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी दिइएको हो ।
फागुन १० गते हुने उद्घाटन समारोहमा सम्मान र सांस्कृतिक कार्यक्रमसमेत आयोजना हुने बताइएको छ । प्रतियोगितामा १२ वटा टिम सहभागी हुने छन् भने एउटा टिममा नौ जना खेलाडी रहने छन् ।
लिग विजेता टिमले एक लाख रुपैयाँ पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ । सिम्रन स्मृति सिएमसी फुटसल लिग नौ वर्ष अगाडिदेखि आयोजना हुँदै आएको छ । यस वर्षको लिग केवल प्रतियोगितामात्र नभएर स्वास्थ्य, कल्याण र सहकार्यको उत्सव भएको आयोजकको भनाइ छ ।






















