चितवन – कृष्णपुर खेलकुद समितिको आयोजना तथा भरतपुर महानगरपालिका वडा नं ७ को सहकार्यमा गत पौष २७ देखि यहि माघ ५ गतेसम्म कृष्णपुर खेल मैदानमा संचालन भएको तेस्रो अन्तर टोल स्ततरिय फुटवल तथा अन्य बिबिध खेलकुदमा बिजय हुन सफल फुटवल टिम र दौड प्रतियोगिता मा बिजयी खेलाडीहरु साथै यस खेलकुद कार्यक्रममा सहयोग गर्नु भएका मनकारी सहयोग दाताहरुलाई टोल बिकास संस्थाले आज क्यान्सर १ नं गेट अगाडि एक कार्यक्रम आयोजना गरि सम्मान गरेको छ ।
भरतपुर ७ का कार्यबाहक अध्यक्ष किरण अधिकरीको प्रमुख आथित्यता एवं टोलका अध्यक्ष दिपक ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रम टोलका कोषाध्यक्ष हरि काफ्लेले संचालन गर्नु भएको थियो ।
स्वागत मन्तव्य निता श्रेष्ठ एवं इन्द्र प्रसाद रिजालले शुभकामना मन्तव्य राख्नु भएको थियो । शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि किरण अघिकारीले आफैले संचालन गरेको खेलमा बिजय हुने टिमको समाम्म कार्यक्रमा प्रमुख अतिथिको रुपमा रहेर शुभकामना दिन पाउंदा खुसि व्यक्त गर्दै टोलले गर्ने यस्ता रचनात्मक कामको लागि वडाले पनि सक्दो सपोट गर्ने धारणा राख्नु भएको थियो त्यस्तै स्वागत मन्तव्य ब्यक्त गर्दै टोलको सदस्य समेत रहेकी निता श्रेष्ठले सबै टोलबासी एकजुट भएर टोलको बिकासमा लाग्नु पर्ने धारणा राख्नु भएको थियि भने इन्द्र रिजालले पहिलो पटक दिपक ढकालको नेतृत्वले यस्ता रचनात्मक कार्यमा सबैलाई समेटेर लैजान खेलाडीहरुलाई उत्साह प्रदान गर्न जुन प्रयास गर्नु भयो । यो अत्यन्तै सकारात्म र स्वागत योग्य छ यस्ता कर्यमा हामी सबैले साथ दिनु पर्छ भन्दै टोल बिकास संस्थालाई धन्यवाद समेत ब्यक्त गर्नु भयो कार्यक्रमा कोच र मेनेजर सहित १३ जना फुटवल खेलाडीहरु साथै ९ जना सगयोग दातालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा जलदेवी आमा समुहका दिदी बैनिहरु साथै होटल ब्यवसायी साथीहरुको समेत उल्लेख्य सहभागिता थियो ।सबैलाई एक आपसमा समन्वय गर्दै अघि बढ्ने प्रतिवद्दता ब्यक्त गर्दै उपस्थित सबैलाई धन्यबाद एवं आभार ब्यक्त गर्दै टोलका अध्यक्ष एवं कार्यक्रमका सभापति दिपक ढकालले कर्यक्रम समापन गर्नु भएको थियो ।





















