काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध नरहेको बताएका हुन् ।
उनले लेखेका छन्, हजुरहरू मेरो राजनीतिक स्थिति बारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु, कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आबद्ध छैन। म स्वतन्त्र रूपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु।
२०७९ असोज ६ गते खनाल औपचारिक रूपमा उनी एमाले प्रवेश गरेका थिए । गत आम निर्वाचनमा काठमाडौं ६ मा पराजित भएपछि उनलाई उपनिर्वाचनमा तनहुँमा पनि एमालेले उम्मेदवार बनाएको थियो। तर, त्यहाँ पनि पराजित भएका थिए।





















