आफू अध्यक्षमा नियुक्त भएकाे दुई बर्ष पूरा भएकाे अवसरमा सान्दार अनलाईन डट कम सञ्चारसँगकाे कुराकानीमा पाैडेलले भन्नुभयाे `मेरा दुई बर्ष अस्पतालकाे भाैतिक सुधार, मानव श्रमशक्तिकाे व्यवस्थापनका साथै अस्पताललाई धेरै भन्दा धेरै प्रविधि मैत्री बनाउदै आम नागरिकलाई छिटो र भरपर्दो गुणस्तरीय सेवा उपलब्ध गराउन सकिन्छ त्यसैमा लाग्दैमा दुई बर्ष वितेकाे पत्तै भएन ।´
`यस भन्दा अघि के के काम भए त्याे जगजाहेर नै छ, आगामी दिनमा नयाँ भवनबाट ट्रमा उपचार सेवा सञ्चालन गर्ने लक्ष्य छ- पाैडेलले भन्नुभयो ।
अस्पतालले केही समय अघिबाट नै एमआरआई सेवा प्रारम्भ गरिसकेकाे छ भने ट्रामा सेवाका लागि इमर्जेन्सी भवनमाथि सुविधा सम्पन भवन निर्माणाधीन छ।`ट्रमा सेवाका लागि इमर्जेन्सी भवनमाथि ११ कराेडकाे ठेक्का लागेर काम भैरहेकाे छ,भवन तयार भएपछि ९ कराेड भन्दा बढीका अत्याधुनिक मेसिन जडानगरि ट्रमा सेवा शुरुगरिने छ´- अध्यक्ष पाैडेलले भन्नुभयो ।
मेराे तेश्राे वर्षकाे कार्यकालकाे लक्ष र याेजना भनेकाे अस्पतालबाट जतिसक्दो छिटो मुटुका बिरामीहरुका लागि क्याथल्याव सेवा शुरु गर्नु रहेकाे छ भन्दै पाैडेलले भन्नुभयो`यसका लागि भवन तयार छ, सामान भन्सारमा आईपुगेकाे छ।´अबको दुई महिना भित्र भरतपुर अस्पतालबाटै मुटुका बिरामीहरुले अत्यावश्यक सेवा पाउने अध्यक्ष पाैडेलले जानकारी दिनुभयाे ।
यति मात्रै नभएर यस अस्पतालबाट निकट भविष्यमै आँखाकाे शल्यक्रिया सहितकाे आँखा उपचार सेवा शुरुहुने समेत अध्यक्षले बताउनुभएकाे छ । `चश्मा सहितकाे आँखा उपचार सेवा शुरु भैसकेकाे छ, अब अप्रेशन सहितकाे सेवा दिने तयारी गर्दैछौं ´ – पाैडेलले भन्नुभयो ।

राेटरी क्लबकाे सहकार्यमा स्पाइनल इन्जुरी व्यवस्थापन सेवा सञ्चालन भैरहेकाे बताउदै अस्पतालले व्यवस्थित रुपमा न्युराे सर्जरी तथा युराेलनेजी सेवा शुरु गरेकाे छ । दुरविनबाट शल्यक्रियालाई सहज बनाईएकाे छ । अस्पतालले आफैँ रक्तसञ्चार सेवा सुरु गरेकाे छ ।
भरतपुर अस्पताल सामाजिक सुरक्षा काेषमा जाने पहिलो सरकारी अस्पताल समेत बनेकाे छ । हामी पहिलाे अस्पताल हाैँ जसले बेसिक तलवकाे २० प्रतिशतमा अस्पतालले ११ प्रतिशत कर्मचारीले थप गरि सामाजिक सुरक्षा काेषमा जम्मागर्ने व्यवस्था मिलाएका छाैँ – पाैडेलले भन्नुभयाे ।
अस्पतालले भिडभाडलाई कमगर्न कुपन लगायतका हर प्रयास गर्नुका साथै सेवादिने काउन्टर समेत थपगरिएकाे अध्यक्ष पाैडेलले जानकारी दिदै भन्नुभयाे भित्री मात्रै नभएर बाल खेल उद्यान, पानीकाे फाेहार तथा फूलका विरुवा सहितकाे पार्क समेत अस्पतालका शाैन्दर्य गहना रहेकाे का रुपमा व्यवस्थित गरिएको छ। ।
अस्पतालमा बिरामीकाे गुणस्तरीय सेवाका लागि विशेषज्ञ अध्यापन अन्तर्गत यसैवर्ष देखि एमएस र एम डीकाे पढाइ शुरुहुनुका साथै आगामी वर्षमा एमविविएस पढाईकाे तैयारी भएकाे पाैडेलले बताउनुभएको छ ।





















