चितवन- फेन्सी व्यवसायी संघ नारायणगढको नयाँ नेतृत्व चयनका लागि सोमबार निर्वाचन हुने भएको छ । संघको ३६ औँ साधारणसभा तथा १९ औँ अधिवेशनले नयाँ नेतृत्वको टुंगो लगाउने भएको हो । नयाँ नेतृत्व चयनका लागि पौष ४ गते भएको मनोनयनमा अध्यक्ष बाहेक अन्य सबै पदमा एकएक जनाको मात्रै उमेदवारी परेकाले सोमबार हुने अधिवेशनले अध्यक्षको मात्रै टुंगो लगाउने भएको फेन्सी व्ययवसायी संघ नारायणगढले जनाएको छ ।
अध्यक्ष पदमा हालका बरिष्ठ उपाध्यक्ष रामप्रसाद पौडेल र यमप्रसाद घिमिरे विच प्रतिष्पर्धा हुने देखिएको छ । अध्यक्ष पदमा उमेदवारी दिएका पौडेल निरन्तर रुपमा संघमा आवद्ध युवा व्यवसायी हुन् भने घिमिरे यसअघिको चुनावमा अध्यक्ष पदमा पराजित भएपछि संघको कार्यसमिति बाहिर रहेका व्यवसायी हुन् ।
अध्यक्ष पदमा उमेदवारी दिएका पौडेलले फेन्सी व्यवसायी संघको चुनावमा मतदाता साथीहरुले आफुमाथी न्याय गर्ने बताउनुभयो । म निरन्तर रुपमा संघमा बसेर व्यससायीक हतहितको लागि काम गरिरहेको छु उहाँहरुको समस्या र सुखदुखमा साथमै छु, त्यसैले अहिलेको चुनावमा अध्यक्ष पदमा मत दिए थप जिम्मेबारी दिनुहुनेछ भन्ने अपेक्षा राखेको छु पौडेलले भन्नुभयो ।
पौडेलेले घरबहालको समस्या, पार्किङ तथा फोहरमैला व्यवस्थापनका लागि नयाँ रणनिति बनाएर अघि बढ्ने योजना रहेको बताउनुभयो । व्यवसायीहरुलाई समायानुकुल विभिन्न प्रकारका डिजिटल तालिम प्रदान गर्नुका साथै सहुलियत दरमा ऋणप्रवाह गर्नका लागि आफु नेतृत्वको नयाँ टिमले काम गर्ने समेत पौडेलले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।उद्योग बाणिज्यसंघ नारायणगढको सभहलमा मंगलबार मध्यान्न सुरु हुने अधिवेशनमा ७३१ जना मतदाताहरुले आगमी २ वर्षे कार्यकालका लागि अध्यक्ष पदका लागि मतदान गर्ने कार्यक्रम रहेको छ ।
सर्वसम्मत भएका अध्यक्ष बाहेकका पदाधिकारी तथा सदस्यहरु
बरिष्ठ उपाध्यक्ष- टंक प्रसाद सापकोटा
उपाध्यक्ष- डिलाराम खरेल
सचिव- विपिन रिजाल
कोषाध्यक्ष- पवित्रा पौडेल
सदस्यहरु
विपिन अर्याल, अनिता न्यौपाने, संगिता उपाध्याय, सन्तोष पोखरेल,पर्वती आचार्य ,रामचन्द्र धिताल अस्मिता सापकोटा, विकास सापकोटा, नविदिन मिया (नविन), भानु सापकोटा , लक्ष्मण पौडेल, प्रविन सापकोटा, उपाध्यायमा संगिता





















