गोरखा – गोरखा उद्योग वाणिज्य संघकोे अध्यक्षमा भगवानबाबु मास्के सर्वसम्वत चयन भएका छन् । संघको १७ औं अधिवेशनका लागि बुधबार भएको मनोनयनमा अध्यक्षमा मास्केको मात्रै उम्मेदवारी परेपछि उनी सर्वसम्वत हुन् ।
विभिन्न समयमा संघको सदस्य, सचिव कोषाध्यक्ष, महासचिव, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै मास्के अध्यक्ष बनेका हुन् । संघको बरिष्ठ उपाध्यक्षमा अस्मकबाबु श्रेष्ठ, उपाध्यक्षमा प्रकाशचन्द्र श्रेष्ठ, महासचिवमा चन्दनबाबु खत्री चयन भएका छन् । उक्त पदमा पनि उनीहरुको एकल उम्मेदवारी परेको थियो । गोरखा उद्योग वाणिज्य संघको कोषाध्यक्षमा सुरेन्द्र कुँवर, सचिवमा शरण श्रेष्ठ र सहकोषाध्यक्षमा बसन्त बस्नेत निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै संघको कार्यसमिति सदस्य सबै निर्विरोध भएका छन् । जसमा महिला सदस्यमा शुसिला श्रेष्ठ, बस्तुगत सदस्यमा पर्वबहादुर बिक, एशोसियट सदस्यमा बिक्रम बस्नेत, सदस्यहरुमा प्रदिप खनाल, पुष्कल अर्याल, कर्णबहादुर गुरुङ, दिपककुमार श्रेष्ठ, मनकाजी श्रेष्ठ, काजीराम श्रेष्ठ, किरण ढकाल, भोलाप्रसाद मरहट्टा र सोम कोइराला निर्विरोध निर्वाचित भएको गोरखा उद्योग वाणिज्य संघले जनाएको छ ।
यद्यपी मनोनयनको समय सकिएपनि निर्वाचनको दाबी, बिरोध लगायतका निर्वाचन कार्यक्रम बाँकी रहेकाले आधिकारिक घोषणा भने हुन बाँकी रहेको निर्वाचन समितिका संयोजक स्थानेश्वर दुवाडीले बताए ।
संघको ४९ औं बार्षिक साधारण सभा तथा १७ औं अधिवेशन यहि पुुस ५ र ६ गते तोकिएको छ । अधिवेशनको उद्घाटन ५ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने तय भएको संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताए ।





















