गोरखा – नेकपा (माओवादी केन्द्र ) पालुङटारको नगर अध्यक्षमा मदन देवकोटा निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनमा अध्यक्षका अर्का प्रत्यासी केशव न्यौपानेलाई दुई मतले पराजित गरेका हुन् ।
देवकोटाले २४ मत ल्याउँदा न्यौपानेको २२ भोट आएको छ । यसै गरी तीन उपाध्यक्षका लागि ६ जनाको उम्मेदवारी परेको थियो । जसमध्येबाट बिकास वाग्ले २१, अशोक मरहट्टा २३ र सर्मिला बगाले २८ मतका साथ बिजयी भएका छन् ।
मानबहादुर पौडेल, बुद्धि गुरुङ, बिनारकुमार श्रेष्ठ भने पराजित भएको निर्वाचन प्रमुख रामचन्द्र सेढाइँले जानकारी दिए । सचिवमा शंकर कंडले भने सर्वसम्वत रुपमा चयन भएको उनले बताए । सहसचिवमा बालकृष्ण देवकोटा र रबिन गैरे वीच प्रतिस्पर्धा भएको थियो ।
जसमा देवकोटाले १९ र गैरेले १८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । यसैगरी कोषाध्यक्षमा ३१ मत ल्याएर चक्रबहादुर तमाङ बिजयी भएका छन् । उनका प्रतिस्पर्धी रामबहादुर गुरुङको १५ मत आएको छ । शनिवारबाट सुरु भएको तेस्रो नगरसम्मेलबाट ४९ जनाको कार्यसमिति चयन भएको थियो । तर पदाधिकारी चयनमा सहमती नजुटेपछि आइतबार निर्वाचन भएको हो ।






















