सोमबार झण्डै १६ हजार रुपैयाँ घटेको सुनको मूल्य आज पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ हजार ६ सय रुपैयाँ घटेकाे हाे ।
आज नेपाली बजारमा सुन १ लाख ४७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो एकैदिन सुन प्रतितोला १५ हजार ९०० रुपैयाँ घटेर १ लाख ५३ हजार ३०० रुपैयाँमा झरेको थियो।
सरकारले सुनमा लाग्ने भन्सार आधा घटाएपछि सुनको मूल्य निरन्तर ओरालो लागेको हो।





















