गैँडाकोट / गैँडाकोट नगरपालिका अन्तर्गत विभिन्न कलेजमा अध्यापन गराइरहेको शिक्षकहरुले आफुहरुले लामो समयदेखि तलब नपाएको भन्दै नगरपालिकामा निवेदन दर्ता गराएका छन् ।
कोरोनाको यो विषम परिस्थितीमा शिक्षकहरुमा गरिएको यस किसिमको व्यवहारले आफुहरु दुःखी भएको बताउँदै तत्काल तलब उपलब्ध गराउन माग गर्दै निवेदन पेश गरेका हुन् ।
नगरपालिकामा रहेका विभिन्न कलेजहरुमा अध्यापन गराइरहेका शिक्षकहरुले शैक्षिक सत्र २०७६ / ०७७ अषाढ मसान्त सम्मको पारिश्रमिक उपलब्ध गराउने पर्ने व्यहोरा निवेदनमा उल्लेख गरिएको छ ।





















