काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदैछ।
प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपका लागि आज अदालतमा उपस्थित गराउन लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
रविमाथि अनुसन्धान गर्न पाँचौ पटक म्याद थप हुन लागेको हो। यसअघि कास्की जिल्ला अदालतल कात्तिक ४ मा ६, कात्तिक ८ मा ७, कात्तिक २० मा १० र कात्तिक २५ मा १३ दिन म्याद थप गरेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको थियो। यसबीचमा उनलाई रुपन्देहीसमेत पुर्याइएको थियो। बुटवलको सुप्रिम सहकारीको बचत रकम हिनामिनामा चार दिन बयान लिएर फेरी पोखरा लगिएको हो।
रविलाई कास्कीमा आज म्याद थप गरेर प्रहरी परिसर काठमाडौंले अनुरोधमा अनुसन्धानका लागि काठमाडौं पठाइने कास्कीले जनाएको छ।
सहकारी ठगी प्रकरणमा रवि कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए। उनीविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी गरेको छ।





















