काठमााडौं । संविधान दिवसमा नेपाल टेलिकमले नयाँ अफर सार्वजानिक गरेकको छ । सो अफर आज (२०८१ असोज २) देखि प्रारम्भ भई आगामी असोज ४ सम्म लागु हुने छ ।
यस अन्तर्गत रु. ४९ मा १ दिनचलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्रकलगर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध गराएको छ ।
यसैगरी डाटा प्याकेज अन्तर्गत रु. १११ मा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा, रु. १९९ मा ७ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा, रु. २९९ मा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र रु. ३९९ मा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुने नेपाल टेलिकमका प्रवक्ताा हरि ढकालले जाानकारी दिए । नेपाल टेलिकमले संविधान दिवस लगायत विभन्न चाडपर्वहरुकाे अवसरमा आफ्ना ग्राहकहरुकालागि फर उपलब्ध गराएको छ ।
यही अफर अन्तर्गत रु. ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने उनको भनाइ छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा उपलब्ध हुन्छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ ।
आगामी असोज ४ गते सम्म आफ्नो मोबाइलबाट *1415*6# डायल गरेरवा‘नेपाल टेलिकम एप’ प्रयोग गरेर यी प्याकेजहरु खरिद गर्न सकिने टेलीकमले जनाएको छ ।





















