चितवन । भरतपुर ११ स्थित अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) को आज (शनिबार) सम्पन्न वडा भेला तथा अधिवेशन कार्यक्रम सम्पन्न भएको छ ।

उक्त वडा भेला कार्यक्रमबाट मनिता सापकोटाको अध्यक्षतामा ३३ सदस्य कार्यसमिति सर्बसम्बत चयन भएको छ ।
जसको उपाध्यक्षमा विद्या पौडेल , सचिवमा लक्ष्मी पोख्रेल ढकाल सहसचिवमा कल्पना अधिकारी , मेनुका अर्याल पण्डित , जेनिशा थापा र कोषाध्यक्ष सरस्वती कुँवर के सि रहनु भएको छ ।

यस्तै सदस्यहरुमा रिता रेग्मी, प्रतिमा तिवारी तिमिल्सीना , शुशिला ढकाल , कमला अधिकारी , लक्ष्मी थापा,उमा पाण्डे , अस्मिता कंडेल ,सपना राई , सावित्री सुनार , सुष्मा सुनार , सरिता के सी , लक्ष्मी भुजेल , सावित्री श्रेष्ठ , सुमित्रा पाण्डे विक, यम कुमारी गुरुङ्ग , गीता विक , कुमारी क्षेत्री , रुकु अधिकारी , जानुका घिमिरे खनाल , पवित्रा पाठक , मधु बाँनिया , सावित्री तिमिल्सेना , सविना पराजुली , धन कुमारी अम्गाई , सिता सुवेदी , दिलु सापकोटा रहनुभएको छ ।
निर्वाचित समितिलाई अखिल नेपाल महिला संघ जिल्ला समन्वय समितिका अध्यक्ष शर्मिला गोलेले सफत खुलाउनु भएको थियो ।

निर्वाचित सम्पूर्ण टिमलाई भरतपुर ११ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रकाश देवकोटा र कमान्ड ईन्चार्ज हरिश्चन्द्र सुवेदीले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।
सम्पन्न वडा भेला कार्यक्रममा पहिला घर छोडेर जाने कमरेडलाई पुन आफ्नै पार्टी नेकपा माओवादि केन्द्र मा पुनर मिलन कार्य पनि सम्पन भएको थियो ।
भब्य र सब्य रुपमा कार्यक्रम सम्पन्न गर्ने निवर्तमान कार्यसमिति , नयाँ निर्वाचित सम्पूर्ण कार्यसमिति र सहयोग गर्ने टिमलाइ वडा पार्टीको तर्फबाट उपाध्यक्ष हरि प्रसाद भट्टले विषेश आभार एव हार्दिक कृतज्ञता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा केन्द्र , प्रदेश, जिल्लाका विभिन्न तहका नेता कार्यकर्ताको भव्य उपस्थिति रहेको थियो ।



























