काठमाडौं । अमेरिकाको जर्जियास्थित एक विद्यालयमा भएको गोली प्रहारमा चार जनाको मृत्यु भएको छ। विन्डर स्थित अपलाची हाईस्कुलमा बुधबार भएको घटनामा दुई विद्यार्थी र दुई शिक्षकले ज्यान गुमाएका हुन्।
आक्रमणमा ९ जना घाइते भएको सञ्चार माध्यमले जनाएका छन्। गोेली चलाउने १४ वर्षीय बालक कोल्ट ग्रेलाई प्रहरी अधिकारीले नियन्त्रणमा लिएका छन्। ती बालकलाई मुद्दा चलाउने तयारी गरिएको छ। उनले गोली हान्नुको कारण खुलेको छैन।





















