पोखरा। गण्डकी प्रदेशमा नेकपा एमालेबाट मन्त्री बनेका ४ जनाले पद तथा गोपनीयताको शपथ लिएका छन्। नवलपुरकी पद्मा जिसी, बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाश केसी र पर्वतका मित्रलाल बस्यालले शपथ लिएका हुन्।
जिसीले भूमि व्यवस्था, कृषि तथा सहकारी, पाठकले स्वास्थ्य, केसीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था र बस्यालले उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छन्।
कांग्रेस एमाले गठबन्धन यता एमालेले सरकारमा सामेल हुन केही शर्त अघि सारेको थियो। भागबन्डा मिलाउन मन्त्रालयको संख्या बढाए लगत्तै एमाले सरकारमा गएको हो।





















