चितवन – चितवनको नारायणगढस्थित निप्पोन एजुकेसनल सेन्टर १५ औं वर्षमा प्रवेश गरेको छ । निप्पोन एजुकेसनल सेन्टर मंगलबार बाट स्थापनाको १४ वर्ष पुरा गरी १५ औं वर्षमा प्रवेश गरेको हो ।
मंगलबार कार्यालयमा एक कार्यक्रमबीच केक काटेर वार्षिकोत्सव मनाईएको छ । सेन्टरले वार्षिक उत्सवको अवसरमा बुझ्न सरल जापानिज भाषा ‘वाकरी यासुई निहोनगो’ नामक पुस्तक समेत बिमोचन गरेको छ । उच्च शिक्षा अध्ययनका लागि जापान जान चाहने विद्यार्थीहरुलाई परामर्श दिने उद्धेश्य सहित २०६७ भाद्र ११ गते (सन् २०१०) मा निप्पोन स्थापना भएको थियो ।
निप्पोन एजुकेसनल सेन्टर उच्च शिक्षाको लागि जापान जान चाहने विद्यार्थीहरुको भरपर्दो मार्गदर्शक बनिरहेको छ । सफलताका साथ मंगलबार स्थापनाको १५ औं वर्षमा प्रवेश गरेको कार्यक्रमका सभापति एवम् संस्थाका प्रवन्ध निर्देशक दीपकचन्द्र भट्टराईले बताए । भट्टराईले विद्यार्थी, अभिभावक, शिक्षकलगायत सबैको मेहेनत र सहयोगले संस्था सफल भएको बताए ।

उनले १४ बर्षमा संस्थाबाट धेरै विद्यार्थीहरुले सेवा लिएको समेत बताए । जापानिज भाषाबाट नै नामाकरण गरिएको निप्पोनले गुणस्तरिय भाषा कक्षा र परामर्श दिदै आएको निप्पोनले स्थापनाकालदेखि नै विद्यार्थीहरुको मन जित्न सफल भएको उनको भनाई छ ।
आगामी दिनमा पनि गुणस्तरिय परामर्शका कुनै कमी हुन नदिने उनले बताए । विद्यार्थीहरुको रुची, अवस्था र प्राथमिकतालाई ध्यानमा मध्यनजर गर्दै स्पष्ट परामर्श दिनु नै निप्पोनको बिशेषता भएको उनको भनाइ छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथी इक्यान चितवनका वरिष्ठ सल्लाहाकार डा. अंगत कुमार गुप्ता, बिशिस्ट अतिथी नेपाल पत्रकार महासंघका उपाध्यक्ष प्रकाश मणी ज्ञवाली , अतिथी निप्पोनको सम्पर्क कार्यालय साईता जापानका अफिसर हेड देवराज अधिकारी, निप्पोन एजुकेसनलका म्यानेजिङ डाईरेक्टर रुकमणी काफ्ले, निप्पोन एजुकेसनलका शाखा प्रमुख सबनम चौधरी लगायतको उपस्थिती रहेको थियो ।





















