चितवन – बोस्टन इन्टरनेसनल कलेजले भाद्र ११ गते ‘ओपन हाउस’ कार्यक्रम गर्ने भएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हस्पिटालिटी क्षेत्रका विषयविज्ञमार्फत बिएचएम कार्यक्रमबारे जानकारी गराउने योजनासहित उक्त कार्यक्रम आयोजना गर्न लागेको हो ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत कलेजका अध्यक्ष आनन्दबहादुर चन्द नेपालमै ज्ञान आर्जन गरेपछि त्यसलाई सदुपयोग गर्न विश्वका जुनसुकै देशमा गएर पनि काम गर्न सक्ने वातवारण सिर्जना गर्नेगरी बोस्टनले दक्ष जनशक्ति उत्पादन गर्दै आएको बताए ।
‘त्यसकारण हाम्रो कार्यक्रमबारे आम विद्यार्थीमाझ पुर्याउने योजनासहित नयाँ कार्यक्रम ल्याएका हौँ,’ उनले भने।
उक्त कार्यक्रममा ८ जना विषयविज्ञहरू सहभागी हुने कलेजले जनाएको छ। आइसिटी होटल इण्डियाका पूर्व उपाध्यक्ष तथा बोस्टन इन्टरनेशनल कलेज बिएचएम कार्यक्रम कन्सल्टेन्ट मनोज वीरमानी, नेपालको पहिलो फाइभस्टार एकजक्युटिभ सेफ गोविन्दनरसिंह केसी, बिबिसी मास्टरसेफ–२०२० सन्तोष साहलगायतका विषयविज्ञ कार्यक्रममा सहभागी हुने कार्यक्रमका सहसंयोजक विमल अर्यालले जानकारी दिए।





















