गाेरखा । गोरखामा करेन्ट लागेर एक जना युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका–९ लक्ष्मीबजारका २४ वर्षीय सुनिल मगर भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए ।
उनका अनुसार गोरखा सदरमुकाम नजिकै रहेको गोरखा नगरपालिका–६ पाटेचौरमा दिउँसो १:०० बजे निर्माणाधीन प्रज्वल जोशीको घरको छतमा आल्मुनियमको काम गर्ने क्रममा करेन्ट लागेर दुई जना घाइते भएका थिए ।
घाइते मध्ये गम्भीर अवस्थाका सुनिल मगरलाई चितवनको पुरानो मेडिकल कलेजमा लगिएको थियो । अस्पताल पुग्नसाथ चिकित्सकले मगरलाई मृतक घोषण गरेका थिए । रेलिङ हाल्ने क्रममा फलामको रडमा नाङ्गो तारले छोइएपछि दुई जना युवालाई करेन्ट लागेको थियो ।





















