चितवन – पुष्पाञ्जली हस्पिटल प्रा.लि. र आई. एम. ई. लाइफ इन्स्योरेन्सबीच उपचारमा छुट दिने सम्झौता भएको छ। पुष्पाञ्जली हस्पिटल प्रा.लि. का सामाजिक सेवा एकाई प्रमुख केदार प्र. सुबेदी र आई एम ई लाइफ इन्स्योरेन्सकी क्षेत्रीय शाखा प्रमुख यसोदा ढुंगानाले सम्झौता पत्रमा हस्ताक्षर गर्नु हुदै आईतबारका दिन देखि नै लागु भएको बताउनु भयो ।
बीमामा काम गर्ने कर्मचारी ,बीमा सहजकर्ता (एजेंट) र बिमक (पोलिसी होल्डर) सबैललाई समेटेको छ दुबै पक्षलाई लाभ हुने सम्झौताबाट अस्पतालकों सबै सेवामा २०% सम्म छूट हुने कुरा सम्झौतामा रहेको अस्पताल प्रशासन प्रमुख सुजनराज अधिकारीले बताउनु भयो ।
सो अवसरमा वरिष्ठ फिजिसिजन डा. भोजराज अधिकारीले शुभकामना र मायाको चिनो दिनुभयो ।





















