महोत्तरी । महोत्तरीको महोत्तरी गाउँपालिका–१ सोनुखडा गाउँमा एक जनाले श्रीमतीलाई कुटपिट गरी हत्या गरेका छन्। स्थानीय ४५ वर्षीय हबिब नदाफले ३६ श्रीमती वर्षीया रोशना खातुनलाई कुटपिट गरी हत्या गरेका हुन् ।
श्रीमतीसँगको घरायसी झगडामा हबिबले शनिबार रोशनालाई निर्घात कुटपिट गरेका थिए । समयमै उपचार नहुँदा श्रीमतीको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेले बताए ।
रोशनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइको र घटनापछि फरार भएका निजका श्रीमान्को खोजी भइरहेको प्रहरीले जनाएको छ ।





















