काठमाडौं / काठमाडौं उपत्यकामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ६४ वर्षीय पुरुष हुन् । ललितपुर जिल्ला स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालका अनुसार कलंकी निवासी ती पुरुषको आज बिहान मृत्यु भएको हो ।
उनलाई गत साउन १५ गते भर्ना गरिएको थियो । १९ गते स्वाब संकलन गरी २१ गते कोरोना पुष्टि भएको थियो। मृतक संक्रमितमा भाइरल ज्वरो, निमोनिया र मधुमेहको समस्या रहेको गेलालले बताए ।
यस अघि पनि पाटन अस्पतालमा काठमाडौं टोखाकी ४१ वर्षीया महिलाको गत शुक्रबार निधन भएको थियो ।





















