भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) भरतपुर ११, चितवनको वडा पार्टी अधिवेशन सम्पन्न भएको छ । वडा अधिवेशनबाट पुन प्रकाश देवकोटा को नेतृत्व मा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
त्यस्तै उपाध्यक्षमा हरि प्रसाद भट्ट , सचिवमा रामप्रसाद पराजुली, कोषाध्यक्षमा धन माया थापा र सह सचिवमा मैया मालबुल नेपाली ,अमोध सुवेदी र चाँदनी कार्की लगायत २५ सदस्यीय कार्यसमिति चयन भएको छ ।
वडा अधिवेशनको प्रमुख अतिथिमा ने.क.पा.(माओवादी केन्द्र) को केन्द्रिय सदस्य रेनु दाहालको उपस्थतिमा सम्पन्न भएको थियो ।
भरतपुर महानगरकी मेयर रेनु दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न वडा अधिवेशनमा नेकपा एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हरि खाती नेतृत्वको टिमलाई स्वागत समेत गरिएको थियो ।

सो अवसरमा बोल्दै माओवादी केन्द्रको केन्द्रिय सदस्य समेत रहेकी मेयर दाहालले माओवादीले नेतृत्व गरेको स्थानिय तहलाई आफुले नमुना बनाएको बताईन् । उनले विकास र समृद्धिका लागि भरतपुरका जनताको साथलाई आफू गम्भीरता पूर्वक लिएर नयाँ फड्को मार्न सफल भएको स्पष्ट पारिन् ।
कार्यक्रममा माओवादी केन्द्र चितवनका जिल्ला ईन्चार्ज घनश्याम दाहाल, जिल्ला अध्यक्ष रामचन्द्र अधिकारी (आरसी), जिल्ला सचिव द्रोणबाबु शिवाकोटी, केन्द्रीय सदस्य एवंम् भरतपुर महानगर ईन्चार्ज निशा न्यौपाने सहितका नेताहरु माओवादी अब फेरि जनताको घरघरमा पुगेर नयाँ अभियान सुरु गरेको बताए ।
अधिवेशनमा केन्द्र , प्रदेश, जिल्ला र पालिकाका नेताहरूको सहभागिता रहेको नेकपा (माओवादी केन्द्र) भरतपुर ११ चितवनका अध्यक्ष प्रकाश देवकोटाले बताउनुभयो ।
वडा अध्यक्ष प्रकाश देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रम भरतपुर ११ का सचिव सन्देश अधिकारीले सञ्चालन गरेका थिए ।






















