काठमाडौं । नयाँ बानेश्वरस्थित एक सफ्टवेयर कम्पनीमा कार्यरत कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दर हरैंचा नगरपालिका–११ घर भएर पेप्सीकोला बस्ने २८ वर्षीय समीर लुइँटेल छन् ।
सफ्टवेयर कम्पनीको आइटी एडमिनको रुपमा कार्यरत लुइँटेलले कम्पनीको रिसोर्स प्रयोग गरेर अन्य अनलाइन कम्पनीहरूको ब्याकलिंक गरेर रकम लिने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
उनले जिम्मेवारीभन्दा बाहिर गएर डिटीजल मार्केटमा अरूलाई सहयोग पुग्नेगरी आफू काम गर्ने कम्पनीको अथोराइज्ड एक्सेस दुरुपयोग गरेको साइबर ब्यूरोका एसपी दिपकराज अवस्थीले बताए ।
प्रहरीले उनीविरुद्ध विद्युतीय कारोबार ऐन विरुद्धको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।





















