चितवन – भरतपुरमा ‘मानसिक स्वास्थ्य शिविर’ सम्पन्न भएको छ । शनिबार भरतपुर ११ स्थित लोटस् एकेडेमीमा ‘मानसिक स्वास्थ्य शिविर’ सम्पन्न भएको हो ।
साईक्याट्रिक नर्सिङ एण्ड हेल्थ रिसर्च सोसाईटीको आयोजना तथा लोटस् एकेडेमी र चितवन सहायता ट्र्स्ट युकेको सहयोगमा सम्पन्न भएको कार्यक्रम बिहान ११ बजेदेखी ५ बजेसम्म सन्चालन भएको थियो।
साईक्याट्रिक नर्सिङले यस्तो खालको कार्यक्रम सम्भवत: नेपालमा नै पहिलोपटक गरेको साईक्याट्रिक नर्सिङ एण्ड हेल्थ रिसर्च सोसाईटीका संस्थापक सदस्य रुकु काफ्लेले बताईन् । उक्त शिविरमा २५० भन्दा बढीको सहभागिता रहेको उनको भनाई छ ।
शिविरमा निशुल्क टिकट, निशुल्क परामर्श, निशुल्क औषधी वितरण गरिएको थियो । शिविरमा बयस्क उमेर समुहका व्यक्तिको बढी सहभागीता रहेको उनको भनाई छ । शिविरसँगै कार्यक्रममा लोटर्स एकेडेमीका विद्यार्थीहरुले मानसिक स्वास्थ्य सम्बन्धी नाटक समेत प्रदर्शन गरेका थिए ।
नेपाल लगाएत अहिले विश्वभर मानसिक रोग बढिरहेको छ । मानसिक रोग जुनसुकै उमेर समुहका व्यक्तीहरुमा हुने भएकाले मानसिक स्वास्थ्य क्षेत्रमा देखिएको यस्तो समस्यालाई केही हदसम्म भएपनी कम गर्न सकिन्छ भन्ने उदेश्य उक्त शिविर आयोजना गरिएको उनले बताईन् । सहभागिको पोजेटिभ प्रतिकृयासँगै कार्यक्रम सफलातापुर्व सम्पन भएको उनको भनाई छ ।
कार्यक्रममा साईक्याट्रिक नर्सिङ एण्ड हेल्थ रिसर्च सोसाईटीका सचिव रमा लामिछानेले स्वागत मन्तव्य राखेकी थिईन् ।
साईक्याट्रिक नर्सिङ एण्ड हेल्थ रिसर्च सोसाईटीका अध्यक्ष रमेश सुब्बाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमा प्रमुख अतिथी जिल्ला प्रशासन कार्यलयका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, विशिष्ट अतिथी जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक भावेश रिजाल, भरतपुर ११ का वडा अध्यक्ष कमल मल्ल, अतिथी लोटस् एकेडेमीका व्यवस्थापक समितिका अध्यक्ष प्रकाश अधिकारी, क्याट युकेका कार्यसमिती सदस्य दीपेन्द्र अधिकारी , भरतपुर ११ मा रहेका ३२ वटै टोल विकास संस्थाका अध्यक्ष सहित टोलवासीहरु लगायतको उपस्थिती रहेको थियो ।






















