फाईल फोटो
काठमाडौं । गोरखाको धार्चे ५ मा पहिरो जाँदा ५ जना बेपत्ता भएका छन् । बेपत्तामध्ये तीन जना एउटै परिवारका छन् । बिहान करिब तीन बजेतिर एउटा घर र एउटा कृषि फर्मलाई पहिरोले पुरेको प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए ।
उनका अनुसार पहिरोमा घर र कृषि फर्म पुरिएको खबर पाए लगत्तै खोज तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ। खोर्ला बेसीबाट नेपाली सेना र आरुघाटबाट सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।





















