चितवन – भरतपुरमा ‘मानसिक स्वास्थ्य शिविर’ वागमति प्रदेश सभा सदस्य माननिय इश्वर सापकोटा (सुमन) को प्रमुख आतिथ्यतामा हुने भएको छ । २०८१ साउन १२ गते (शनिबार) भरतपुर महानगरपालिका वडा न ११ स्थित लोटस् एकेडेमीमा ‘मानसिक स्वास्थ्य शिविर’ हुने भएको हो ।
साईक्याट्रिक नर्सिङ एण्ड हेल्थ रिसर्च सोसाईटीको आयोजना तथा लोटस् एकेडेमी र चितवन सहायता ट्र्स्ट युकेको सहयोगमा उक्त कार्यक्रम हुन लागेको लोटस एकेडेमीका अध्यक्ष प्रकाश अधिकारीले बताए ।
नेपाल लगायत अहिले विश्वभर मानसिक रोग बढिरहेको छ । मानसिक रोग जुनसुकै उमेर समुहका व्यक्तीहरुमा हुने भएकाले मानसिक स्वास्थ्य क्षेत्र देखिएको यस्तो समस्यालाई केही हदसम्म भएपनी कम गर्न सकिन्छ भन्ने उदेश्य स्वास्थ्य शिविर आयोजना गर्न लागिएको साईक्याट्रिक नर्सिङ एण्ड हेल्थ रिसर्च सोसाईटीका अध्यक्ष रमेश सुब्बाले जानकारी दिए ।
उनले साईक्याट्रिक नर्सिङ यस्तो खालको कार्यक्रम सम्भवतस् नेपालमा नै पहिलोपटक गर्न लागेको जानाकारी दिए । साथै उक्त शिविरले समुदायमा जनचेतना बढाउने, मानसिक समस्याको प्रारम्भिक निदान र उपचारको पहुच बढाउन मद्दत गर्ने हुनाले कार्यक्रममा सबैलाई सहभागीता जनाउनुहुन समेत उनले आग्रह गरे ।
उक्त स्वास्थ्य शिविरमा भरतपुर ११ मा रहेको ३२ वटै टोल विकास संस्थाका टोलबासीहरुलाई उपस्थितिको लागि निमन्त्रणा गरेको आयोजकले जानकारी दिएका छन् ।





















