रत्ननगर – लामो समयदेखि जापानमा होटल व्यवसाय गर्दै आएका चितवनका युवा व्यवसायी चेतराम गैरेले पर्यटकीय नगरी सौराहाको गैडा चोकमा सुविधा सम्पन्न चन्द्रमा होटल एण्ड रेष्टुरेण्ट स्थापना गरी सञ्चालनमा ल्याएका छन्।
भरतपुर महानगरपालिका वडा नं. ९ शरदपुरका युवा व्यवसायी गैरेले रत्ननगर वडा न. ६ सौराहामा १७ कोठे सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याएका हुन् ।
चितवनको सौराहाको गैंडा चोकमामा ७ करोड लगानीको चन्द्रमा होटल एंड रेष्टुरेण्ट सञ्चालनमा ल्याएको बताए।
होटलको एक कार्यक्रमका बिच आज आइतबार कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय आविस्कार केन्द्र नेपालका अध्यक्ष डा. महाविर पुनले उद्धघाटन गरे ।
कार्यक्रममा बोल्दै उनले सौराहाका होटलहरूले गुणस्तरीय सेवा सुबिधामा दिनुपर्नेमा जोड दिए ।
वि।स २००९ सालबाट जापानको टोकियोबाट व्यवसाय सुरू गरेका युवा व्यवसायी गैरेले नेपालको तेस्रो पर्यटकीय नगरी सौराहामा पनि सुबिधा सम्पन्न होटल सञ्चालनमा ल्याएका हुन् ।

जापानको टोकियोमा पनि चन्द्रमा रेस्टुरेन्ट सञ्चालन गरिरहेका गैरीले विदेशको कमाई स्वदेशमै लगानी गर्न एउटै नामबाट सौरामा होटल व्यवसायी सञ्चालन गरेको बताए। आर्थिक मन्दिरले थिचिएको सौराहको व्यापार व्यवसायलाई उकास्न आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले विदेशको कमाई स्वदेशमै लगानी गरेको होटेलका प्रबन्ध निर्देशक समेत रहेका गैरीले जानकारी दिए ।
सो अवसरमा उनले वैज्ञानिक डा। महावीर पुनले लेखेका १०० वटा पुस्तकहरू होटेलमा लाइब्रेरीको रुपमा राख्ने जानकारी दिएका थिए। साथै उनले उक्त किताब बापत नेपाल आविष्कार संघलाई १ लाखको चेक हस्तान्तरण गरेका पनि थिए।
होटलमा एसि सहितको सुबिधा सम्पन्न कोठा, बिदेशि तथा आन्तरिक पर्यटकलाई स्वादिष्ट परिकारको व्यवस्था रहेको सञ्चालक गैरेको भनाई छ ।
होटलका सञ्चालक गैरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा रत्ननगर वडा नं। ६ का वडा अध्यक्ष किरण महतो, बाघमार वनका अध्यक्ष जित वहादुर तामाङ, रेवान सौराहाका अध्यक्ष ध्रुव गिरी, क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष गंगा गिरी लगाएतले मन्तव्य राखेका थिए ।
सौराहाका पुराना व्यवसायि तथा समाजसेवी पुरूषोत्तम लामिछानेले स्वागत मन्तव्य राखेको कार्यक्रममा रेवानका पूर्व अध्यक्ष गोकर्ण गिरी, नेचर गाईड एसोशियसनका अध्यक्ष अनिल गुरूङ, बछौली चौकी प्रमुख श्याम थापा लगायत सौराहाका व्यवसायीहरूको सहभागिता रहेको थियो ।





















