काठमाडौं। सङ्घीय सांसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ। बैठक सङ्घीय संसद् भवन बानेश्वरमा आज दिउँसो सवा १ बजे सुरु हुनेछ।बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयकहरू प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ।
त्यस्तै, बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन, २०७९-०८० लाई सभामा पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।






















