चितवन । चितवन ड्राईभिङ स्कुल संघले बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सेन्ट्रल कलेजको विशेष सहयोग भरतपुरको चौबिसकोठीमा शनिबार ड्राईभिङ स्कुल संघले रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो ।
निरन्तर बर्षाका कारण अधिकांस रक्तदाता उपस्थित नभएपनि ५१ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक कृष्णप्रसाद बरालले बताउनुभयो । यस्तै संघका सचिव हरि भण्डारीले पहिलो रक्तदान गरेर कार्यक्रम उद्घाटन गरेका थिए ।

कृष्णप्रसाद बरालको संयोजक र कृष्णप्रसाद कंडेको संचालन, यातायात व्यबस्था कार्यलयका प्रमुख पदम प्रसाद बजगाईको प्रमुख अतिथीमा ड्राईभिङ स्कुलका अध्यक्ष मनोज कुमार पोखरेलको सभाध्यक्षमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमा भरतपुर १० का अध्यक्ष परमेश्वर खानाल र सेन्ट्रल कलेजका प्रिन्सिपल वाइ वि पौडेल विशिष्टि अतिथी रहेको कार्यक्रममा विभिन्न संघ संस्थामा आवद्ध बुद्दिजिविहरुको उपस्थिति रहेको थियो ।






















