काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली छलफल सकिएको छ ।
यद्यपी आजको भेटमा भएको छलफलको विषय भने सार्वजनिक भएको छैन । तर प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार सरकारको कामकारबाहीबारे छलफल भएको बताए । मल्लले भने ‘सरकारका कामलाई गतिशीलरव्यवस्थित ढंगले अघि बढाउने र ‘सत्ता साझेदार दलहरूबीचको सम्बन्धलाई अझ सुमधुर बनाउने विषयमा छलफल भयो, समग्रमा छलफल एकदमै राम्रो भएको छ ।’
नयाँ सत्ता समीकरणको प्रयास भइरहेको चर्चाकाबीच प्रचण्ड र ओलीबीच लगातार दुई दिन भएको भेटलाई अर्थपूर्ण मानिएको छ । गत शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले ओलीबीच बालकोटमा भएको भेटवार्तापछि सत्ता समीकरण तरंगित बनेको छ । कांग्रेस सभापति देउवाले ओलीलाई प्रधानमन्त्री बन्न अफर गरेको चर्चा पछि सत्ता समीकरणमा हलचल पैदा भएको देखिएको छ ।
आइतबार मात्र प्रधानमन्त्री प्रचण्ड, ओली र गृहमन्त्री रवि लामिछानेबीच पनि भेटवार्ता भएको थियो ।





















