काठमाडौं / पूर्व क्रिकेटर पवन दासलाई कोरोना भाइरस संक्रमण भएको छ। आफूलाई कोरोना संक्रमण पुष्टि उनैले फेसबुकमार्फत गरेका छन्।
‘मसँग साउन १५ गतेपछि सम्पर्कमा आउनेहरु कृपया सुरक्षित बस्नुहोला, अरुलाई पनि सुरक्षित राख्नुहोला,’ उनले भनेका छन्।
सप्तरीमा व्यवसाय गर्दै आएका दासले सन् २००२ मा यु-१५ र २००४ मा यु-१७ मा नेपाली टोलीको प्रतिनिधित्व गरेका थिए।
दास सँगै उनका बुवा र आमालाई पनि कोरोना सक्रमण पुष्टि भएको छ।





















