काठमाडौं / सरकारले भगवान गौतम बुद्ध नेपालमा जन्मिएको कुरा स्वत सिद्ध स्थापित भइसकेकाले यसबारेमा विवाद गर्नुपर्ने कुनै कारण नरहेको बताएको छ ।
भारतीय विदेश मन्त्री सब्रमन्यम जयशंकरले हिजो शनिबार एक भिडियो संवादका क्रममा गौतम बुद्ध र महात्मा गान्धी भारतका महान् व्यक्ति भनेर टिप्पणी गरेपछि परराष्ट्र मन्त्रालयले त्यसबारेमा नेपालको धारणा सार्वजनिक गरेकव हो ।
गौतम बुद्ध नेपालमा जन्मिएको कुरा ऐतिहासिक र पुरातात्विक तथ्यबाट साबित भइसकेको कुरा हो । योे विषयमा बहस नगरे हुन्छ , गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको कुरा विश्वले स्वीकारेको छ’, परराष्ट्रले आज आइतवार भनेको छ, ’बुद्धको जन्मस्थान लुम्बिनी र उनले प्रतिपादित गरेको बौद्ध धर्मको दर्शनलाई यूनेस्कोले पनि विश्व सम्पदा सूचीमा राखिसकेको छ ।’





















