चितवन । मेडिकल ल्यावोरोटरी एसोसियसन अफ नेपालको १८ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रम भरतपुर अस्पतालमा सम्पन्न भएको छ।
भरतपुर अस्पतालमा रहेको रक्त सञ्चार सेवाको प्रविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा पूर्व कर्मचारी, हाल कार्यरत कर्मचारी तथा तिनका परिवार र अस्पतालसँग सम्बद्ध अन्य व्यक्तिहरू गरी पुरुष ३० र महिला २ जना गरि जम्मा ३२ जना रक्तदाताहरूले रक्तदान गरेको भरतपुर अस्पतालका रक्त सञ्चार सेवाका ईन्चार्ज विष्णु बास्तोलाले जानकारी दिनुभयो ।
प्रत्येक ३ /३ महिनामा अस्पतालकै रक्तसञ्चार केन्दमा आएर रक्तदान गरि सहयोग गर्न सम्पूर्ण विरामी कुरुवा तथा ईच्छुक व्यक्तिहरुलाई प्याथोलोजी विभागिय प्रमुख डाक्टर संजिव परियारले अनुरोध गर्नुभएको छ ।
अस्पतालले प्रत्येक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा पनि रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ।



























