भरतपुर – नेपाल अर्बुद रोग निवारण संस्था चितवन शाखको आयोजनामा बिश्व धुम्रपान रहित दिवस २०२४ को अवसरमा विभिन्न ठाउँमा सुर्तिजन्य पदार्थ सम्बन्धि सचेतनात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सुर्तिजन्य उद्योगको प्रभावबाट बालबालिकालाई जोगाऔं भन्ने नारालाई आत्मसाथ गर्दै नेपाल प्रहरी शिक्षालय भरतपुर र बालकुमारी माध्यमिक विद्यालय नारायणगढमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल प्रहरी शिक्षालय भरतपुरमा आयोजित सुर्तिजन्य पदार्थ सम्बन्धि सचेतनात्मक प्रशिक्षण कार्यक्रम शाखा सभापती गोबिन्द प्रसाद पौडेलको सभापतित्व तथा शिक्षालयकी नि.निर्देशक अन्जना श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । संस्थाका यसस्कर सदस्य दिनेश कुमार चुकेको बिशिष्ट आतिथी रहनु भएको कार्यक्रममा सस्थाका कार्यसमिति सदस्य शारदा शर्मा पौडेलले प्रशिक्षण दिनु भएको थियो भने संस्थाका सचिव कृष्णहरी तिमल्सेनाले कार्यक्रम संचालन गर्नु भएको थियो ।
यसैगरी, बालकुमारी मा.बि. नारायणगढमा आयोजित सुर्तिजन्य पदार्थ सम्बन्धि सचेतनात्मक प्रशिक्षण कार्यक्रम शाखा सभापती गोबिन्द प्रसाद पौडेलको सभापतित्व तथा बिद्यालयका प्रधानाध्यापक आनन्द सीपकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
नेपाल अर्बुदरोग निवारण संस्था चितवनका सभापती गोबिन्द प्रसाद पौडेलले प्रशिक्षण दिनु भएको कार्यक्रम संस्थाका सचिव कृष्णहरी तिमल्सेनाले संचालन गर्नुभएको थियो । कार्यक्रममा संस्थाका सह–सचिव रोशन थापा तथा सह–कोषाध्यक्ष निष्ठा पोखरेल लगायत बिद्यालयका शिक्षक–शिक्षिका तथा कक्षा ८,९ र १० का बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।





















