गोरखा / गोरखा क्याम्पसमा आंशिक रुपमा कार्यरत प्राध्यापकहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
गोरखा क्याम्पसमा रहेका २३ जना आंशिक प्राध्यापक उक्त आन्दोलनमा सहभागी छन् । यस अघि धर्ना बसेर आन्दोलन गर्दै आएका आंशिक प्राध्यापकहरुको माग सुनुवाई नभए पछि तालाबन्दी गर्नुपरेको उनले बताईन ।
आंशिक प्राध्यापकहरुले ‘समान कामको समान ज्याला’ भन्ने एक सुत्रिय माग राखेका छन् । आंशिकबाट करार गर्न माग गर्दै आंशिक प्राध्यापक संघ गोरखा क्याम्पस इकाई समितिले तालाबन्दी गरेका समिति उपाध्यक्ष मेनुका सुवेदीले बताईन ।





















