सिन्धुली । डलर साट्ने प्रलोभन देखाई ठगी गर्ने तीन जना पक्राउ परेका छन् ।प्रहरीले बाह्रबिसे नगरपालिका ३ बस्ने २४ वर्षीय श्याम तामाङ समेत ३ जनालाई ठगी गरेको नगद १८ लाख रूपैयाँ रकमसहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।
सिन्धुलीकाे गोलन्जोर गाउँपालिका ७ लौकुनमा इलामका ४४ वर्षीय पुरूषलाई अपरिचित व्यक्तिहरूले डलर साट्ने प्रलोभन देखाई पीडितको १८ लाख रूपैयाँ ठगी गरी २० रूपैयाँका नोटहरू तथा सादा कागजका टुक्राहरु दिई फरार भएको भन्ने सूचानाको आधारमा इलाका प्रहरी कार्यालय खुर्कोट र अस्थायी प्रहरी पोष्ट हैवारबेसीबाट खटिएको प्रहरीले उनीहरूलाई ठगी गरेको रकम १८ लाख रूपैयाँ, नेपाली रूपैयाँ २० दरको ६९ थान, अमेरिकी डलर १ दरको २ सय ३७ थान र उनीहरूले प्रयोग गरेको २ वटा मोटरसाइकलसहित पक्राउ गरेको हो ।
हाल फरार रहेका अन्य १ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।





















